+
+

आमिर खान पनि फसे चेन्नईको बाढीमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते ११:५१

काठमाडौं । केही दिनदेखि आएको आँधी र मुसलधारे वर्षाले भारतको दक्षिणी सहर चेन्नई जलमग्न भएको छ । जताततै सडक जलमग्न सडकमा सर्वसाधारणदेखि सेलिब्रिटीसम्म फसेका छन् ।

यो प्राकृतिक प्रकोपको चपेटामा बलिउड अभिनेता आमिर खान र तमिल अभिनेता विष्णु विशालसमेत फसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेता विशालले आफूहरुलाई तमिलनाडुको सुरक्षा विभागले डुंगाको सहायताले उद्धार गरेको सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै जानकारी दिएका छन् । उनले पोस्ट गरेको तस्वीरमा सर्वसाधारणसँगै आमिर पनि देखिन्छन् । आमिर बिदा चेन्नई पुगेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?