+
+

देश बिकासका लागि सबैको उद्देश्य समान छः प्रदीप पौडेल

नवराज पन्थी नवराज पन्थी
२०७३ साउन १६ गते १२:२६

pradip poudel (1)

जनसम्पर्क समिति कुवेतको दोस्रो अधिवेशनका लागि कुवेत आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको बिकासका लागि सबै पार्टीको उद्देश्य एकै भएपनि समस्या समाधानको उपाय कसैसँग नभएको बताएका छन् ।

जनसम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले भने कि मुलुकको परिबर्तनको लागि सबैले खाका तयार गरी अगाडि बढ्नुपर्छ नत्र जुनसुकै तन्त्र र बाद आए पनि समस्या ज्युका त्यु रहन्छन ।

कांग्रेसका युवा नेता पौडेलले राष्ट्रियताको नाममा छिमेकीसँग निहु खोजेर मात्र सबै कुराको समाधान नहुने बिचार व्यक्त गर्दै भने, ‘खुला सीमा छ, भारतमा कार्यरत ७०/७५ लाख नेपालीहरुको पनि सवाल छ, त्यसको बारेमा गहिरिएर सोच्न जरुरी भएको छ ।’ उनले थपे, ‘नेपालको चिन्तन हुने हरेक मन्चमा यस बिषयमा गम्भीर बहस हुनु जरुरी छ ।’

अधिबेशनमा बिशेष अथिति कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले सकारात्मक र रचानात्मक कामको लागि दूताबास सधै तत्पर रहने बताउदै नेपाली समुदायलाई फाइदा हुने गतिविधिमा लाग्न सबैलाई सुझाब समेत दिएका थिए ।

कार्यक्रममा नेपालमा दिगो शान्ति, बिकास र स्थाइ सरकारको आवश्यकता रहेको बताउदै भर्खरै लागू भएको नयाँ भन्सार सम्बन्धि झिटीगुन्टा नियम दुखद भएको भन्दै पुरानै नियम यथावत राख्न पहल गर्न नेता पौडेल समक्ष बक्ताहरुले अनुरोध गरेका थिए ।

अधिवेशनले अम्बर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कल्याण श्रेष्ठ संयोजक रहेको निर्बाचन समितिले कार्यसमिति चयन गरेको थियो भने प्रमुख अथिति प्रदीप पौडेल सपथ खुवाएका थिए ।

कार्समितिको उपसभापतिमा राज बिरही, लालबहादुर ठकुरी र सुमित्रादेवी पौडेल छन् । त्यस्तै महामन्त्री माधव शर्मा, सहमहामन्त्री अनिल ठाकुर, कोषाध्यक्षमा बाबुराम भुषाल र सहकोषाध्यक्षमा मुकुन्द कार्की सर्वसम्मत चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा विजय भट्टराई, धनबहादुर खड्का, श्रीकृष्ण भण्डारी, गीता तिवारी, रोधन कुमार घिमिरे, लालबहादुर साही, युजानन्द ठाकुर, कृष्णबहादुर तामाङ, राधिका भट्टराई, हरिबहादुर बनियाँ, निर्मला बिष्ट, चिन्तामणि केसी, श्याम लामा, रवि गुरुङ, इन्दिरा शाह, खगेन्ऽ लम्साल, दिनेश कुमार श्रेष्ठ, पुस्करसिङ थामी, मीना तामाङ रहेका छन भने संरक्षक कल्याण श्रेष्ठ र सल्लाहकारमा मन्जित राई, बिष्णु परियार र दुर्गा चेम्जोङलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?