+
+

सप्तरीमा जन्मियो दुईवटा टाउको भएको बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २३ गते ८:५९

२३ साउन, सप्तरी । सप्तरीको हनुमाननगर स्वास्थ्य चौकीमा शनिबार साँझ दुईवटा टाउको भएको बच्चा जन्मिएको छ ।

Baby-with-two-head
फाइल फोटो

सप्तरीको इनर्वा गाविस–९ घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–१० की २३ वर्षीया नुनुदेवी यादवको तेस्रो सन्तानका रुपमा अस्पतालमा दुईवटा टाउको भएको छोरा जन्मिएको हो ।

बालकको टाउकोको पछाडिपट्टि पनि टाउकोमा नाक, कान, मुख खासै विकसित नभए पनि आँखा भने दुईटै टाउकोमा पूर्ण विकसित भएको देखिएको अस्पतालका प्रमुख तारानन्द झाले जानकारी दिए ।

बच्चालाई हेर्न अस्पतालमा सयौँको भीड लागेको अस्पतालले जनाएको छ ।  यसअघि यादवको एक छोरा र एक छोरी रहेको परिवारजनले बताएका छन् ।

बच्चालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रमुख झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?