काठमाडाैं । लमजुङ सदरमुकाम बेसीसहरका युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त भएका छन् ।
नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो । ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म लागू हुनेगरी घिमिरेलाई बोर्डले दुई वर्षका लागि दूतमा नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गरेका घिमिरेले बेलायतबाट वातावरण विज्ञानमा एमफिल गरेका छन् । ।
गैरआवासीय नेपाली संघ न्यूजिल्यान्डको कार्यसमितिमा दुई कार्यकाल काम गरेका घिमिरेसँग नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाली नाइटलगायत विभिन्न कलचरल इभेंन्टहरु आयोजना गरेको अनुभव छ ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4