Comments Add Comment

कांग्रेसका १३ मन्त्रीको सपथग्रहण आज

congress-mantri-final१० भदौ, काठमाडौं । नेपाली कांग्रेसबाट छानिएका १३ मन्त्रीको सपथ ग्रहण आज विहान ९ बजे राष्ट्रपति भवन शीतलनिवासमा हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ९ बजे नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

सपथ ग्रहण गर्ने १३ नयाँ मन्त्रीहरुमा  प्रकाशशरण महत (परराष्ट्र), अर्जुननरसिंह केसी (शहरी विकास), बालकृष्ण खाँड (रक्षा), सूर्यमान गुरुङ (श्रम), शंकर भण्डारी (वन), नवीन्द्रराज जोशी (उद्योग), केशव बूढाथोकी (सामान्य प्रशासन), दीपक गिरी (सिँचाइँ) र सीतादेवी यादव (शान्ति) छन् ।
त्यसैगरी रोमी गौचन थकालीले वाणिज्यमन्त्रीका रुपमा सपथ खाँदैछन् । हृदयराम थानी सहकारी मन्त्री बन्ने भएका छन् । जीवनबहादुर शाही पर्यटन तथा संस्कृति मन्त्री बन्दैछन् भने कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिँदैछन् ।

प्रचण्डको नेतृत्वमा सरकार बनेको करिब एक महिना पुग्न लाग्दा आजदेखि सरकारले पूर्णता पाउन लागेको हो । कांग्रेसभित्रको आन्तरिक विवादका कारण उसले मन्त्रीको नाम दिन ढीलो गरेको थियो ।

कुल १५ मन्त्रालय पाएको नेपाली कांग्रेसले दुईवटा मन्त्रालयको जिम्मेवारी यसअघि नै पाइसकेको छ ।  १५ मन्त्रालयमध्ये खुमबहादुर खड्का समूहले वन मन्त्रालय पाएको छ भने कृष्ण सिटौला समूहबाट गगन थापाले स्वास्थ्य मन्त्रालय पाएका छन् । बाँकी ५ वटा मन्त्रालय रामचन्द्र पौडेल समूहले लिएको छ । देउवा समूहले ८ वटा मन्त्रालय पाएको छ ।

यो पनि पढ्नुहोस्

कांग्रेसको भागमा दुई मन्त्रालय थपियो, १३ मन्त्री टुंगो लाग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment