+
+

थवाङका बर्मन बुढा काठमाडौंमा, प्रचण्डलाई भेटेर के भने ?

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ११ गते २०:२८

Prachanda-with-barman-buda

११ भदौ, काठमाडौं । रोल्पा थवाङका वामपन्थी अग्रज बर्मन बुढा काठमाडौं आएका छन् । र, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा वामपन्थी अग्रज बर्मन बुढाले स्थानीय तह पुनर्संरचना आयोगले थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग गरे ।

मगर बाहूल्य बस्तीलाई अलग-अलग गाउँपालिका प्रस्ताव गरेको भन्दै उनले रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका बनाउन र त्यसको केन्द्र थवाङलाई बनाउन समेत माग गरेका छन् । बुढाले भने, ‘जनयुद्धको बेला अजम्बरी गाउँ थवाङ जनसत्ताको केन्द्र थियो, अहिले गाउँपालिकाको केन्द्र मात्रै मागेका छौं । प्रधानमन्त्रीले थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम मिलाएर एउटै गाउँपालिका बनाएर त्यसको केन्द्र थवाङलाई बनाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

बर्मन बुढासहित आएको १५ जनाको प्रतिनिधि मण्डलले एउटै भाषा, संस्कृति, मनोभावना, साझा आर्थिक निर्भरता, आर्थिक स्रोत उपलब्धता, प्रशासनिक सुगमता जस्ता अनुकूलताका कारण ६ गाबिसलाई एउटै गाउँपालिका बनाउन माग गरे । प्रतिनिधि मण्डलले जनयुद्धको अजम्बरी गाउँ थवाङलाई थप परिचित बनाउन, पहिचानको रक्षा गर्न र प्रशासनिक सुगमताका लागि पनि थवाङ नयाँ गाउँपालिकाको केन्द्र बन्नुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्रीले सहमति जनाए । उनले भने, ‘स्थानीय तह पुनर्संरचना समितिले आफ्नो काम गरिरहेको छ । यसको कार्यादेश कस्तो हुने भन्ने अन्तिम टुंगो लागेको छैन । दलहरुसँग छलफल गरेर हामी निष्कर्षमा पुग्छौं ।’

उनले अघि भने, ‘थवाङलाई नयाँ गाउँपालिकाको केन्द्र बनाउन मेरो पुरै सहमति छ । त्यसका लागि आवश्यक पहल गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?