सगरमाथाको
चुचुरोमै पुग्नेले मात्र
अनुभव गर्न सक्छ
मान्छे –
सगरमाथाभन्दा अग्लो हुन्छ ।
२. महाकाव्य
रूखको –
महाकाव्य लेख्दै हुनुहुन्छ भने,
जङ्गल लेख्नुहोस्
लामो लेख्नु पर्दैन
पानीको –
महाकाव्य लेख्दै हुनुहुन्छ भने,
समुद्र लेख्नुहोस्
रूखको महाकाव्य
जङ्गलभन्दा ठूलो हुँदैन
पानीको महाकाव्य
समुद्रभन्दा ठूलो हुँदैन ।
३. धर्म
दिनभरि
ठेला ठेलेर
कमाएको रूपैयाँ
चोरिएपछि
साँझमा
बालबच्चा
जहान परिवारको
प्राण रक्षाका निम्ति
हातमा टर्च बोकेर
म मध्यरातमा निस्किएको छु
सरकार !
म कसरी बुझाऊँ
चोरी गर्नु
मेरो धर्म हो ।