+
+

मितेरी डेभलपमेन्ट बैंकले गर्‍यो ३० प्रतिशत बोनस सेयरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २६ गते ११:३९

२६ भदौ, काठमाडौं । सुनसरीको धरानमा मुख्य कार्यालय रहेको क्षेत्रीयस्तरको मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।

miteri-devlopmet-bankबैंकको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो । गत वर्ष बैंकले ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ ।

बैंकले गरेको लाभांसको घोषणा नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र सम्बन्धित बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?