+
+

मदरसाको सरसफाइमा सशस्त्र प्रहरी

सलमान खान सलमान खान
२०७३ भदौ २७ गते १६:२४

२७ भदौ, भैरहवा । मुस्लिम समुदायको महान पर्व बकर ईद (इदुल जोहा) को पुर्व सन्ध्यामा सशस्त्र प्रहरी बल रुपन्देही कमाण्ड पोष्ट विशेष आर्थिक क्षेत्रले मदरसा -मुस्लिम सामुदायको विद्यालय) को सरसफाइ गरेको छ ।

pilice-sarsafai
सोमबार सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोष्ट विशेष आर्थिक क्षेत्रका प्रमुख एवंम प्रहरी निरीक्षक तेजबहादुर जोराको कमाण्डमा रहेका ३० जना सशस्त्र प्रहरीको टोलीले जिल्लाको बगाहा ६ बेनिपुर स्थित रहेको मदरसा कादरिया अहले सुन्नत फैजुल ओलुम मदरसामा परिसरमा सरसफाइ गरेको हो ।

यस अघि पनि सामाजिक तथा सास्कृतिक अवसरहरुमा आˆनो जिम्मेवारी क्षेत्रमा यस्ता कार्यक्रमहरु जिल्ला कमाण्ड पोष्टले गर्दै आएको प्रहरी निरीक्षक जोराले बताए ।

त्यस्तै मदरसाका अध्यक्ष आबिद अलि पठानले सशस्त्र प्रहरीको सक्रियताले मदरसा परिसरलाई हराभरा र सफा राख्न ठूलो सहयोग पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?