+
+

मलेसियाद्वारा एक नेपालीलाई देश निकाला

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते १०:१०

malesiya-nepali

७ असोज, काठमाडौं । मलेसियाले आतंकवादी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका एक नेपालीलाई देश निकाला गरेको छ ।

बुकित बिन्ताङमा होटल र मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका एक नेपालीसहित एक बंगलादेशी र एक मोरक्कोका नागरिकलाई मलेसिया सरकारले देश फिर्ता पठाएको हो ।

स्ट्रेट्स टाइम्स दैनिका अनुसार एक मलेसियाली नागरिक पनि पक्राउ गरेका छन् र, उनलाई हिरासतमा राखिएको छ ।

गत महिना मलेसियाको स्वतन्त्रता दिवसका क्रममा आईएस लडाकू पक्राउ गरे लगतै यो अपरेशन गरिएको समाचारमा उल्लेख छ । पक्राउ परेका नेपाली ३८ वर्षका हुन् र उनी अन्तराष्ट्रिय आतंकवादीहरुका लागि नक्कली कागजपत्र बनाइदिने काममा संलग्न रहेको आशंका गरिएको मलेसिया प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?