+
+

इन्स्टाग्राममा शाहरुखले शेयर गरे ‘फन्नी भिडियो’

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ८ गते १२:१२

sharukh Newशाहरुख खान चाँडै इम्तियाज अली को फिल्म ‘द रिंग’ मा आउँदै छन् । र, उक्त फिल्मको सुटिङ सेड्युल पूरा भएको छ ।

सामाजिक सञ्जालमा किंग खान धेरै सक्रिय रहेने गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना परिवार, विभिन्न पार्टी तथा साथीहरुको फोटो सेेरय गर्दै आएका छन् ।

हालै शाहरुखले इन्स्टाग्राममा एक भिडियो शेयर गरेका छन् । भिडियो शेयर गर्दै उनले भनेका छन् ‘एम्सटर्डसको सेड्युल धेरै रमाइलो रहृयो, यसका लागि पूरा टीमलाई धन्यवाद । प्रोडक्सनले यस्तो काम गर्‍यो, जुन जो कसैले गर्न सक्दैन ।’

इम्तियाज अलीको यस फिल्ममा शाहरुख खान तथा अभिनेत्री अनुष्का शर्मा एक साथ देखिने भएका छन् । यस अघि उनीहरु ‘रव ने बनादी जोडी’ तथा ‘जब तक है जान’मा एक साथ देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?