+
+

चन्द्रनिगाहपुर नगर उद्योग वाणिज्य सङ्घमा जयसवाल

रासस रासस
२०७३ असोज ९ गते १०:०३

९ असोज, रौतहट । नगर उद्योग वाणिज्य सङ्घ चन्द्रनिगाहपुरको अध्यक्षमा सुनिल जयसवाल निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षमा जयसवालले ४५७ मत प्राप्त गर्नु भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी खड्गबहादुर तामाङले ३३५ प्राप्त गरे ।

यसैगरी सदस्यहरुमा जयसवाल प्यानलबाट सदस्य पदमा प्रकाश सुनुवार, मनोज साह, सुनिल साह, फिरोज श्रेष्ठ, सुमन गौतम, शङ्कर सिवाकोटी, अरुण लामा, अनुपा श्रेष्ठ, हर्क तामाङ, जितेन्द्र चौधरी, राजेश रौनियार, विनोद जयसवाल निर्वाचित भएका छन् ।

कुल ९५६ मतदाता रहेका उद्योग वाणिज्य सङ्घको निर्वाचनमा ८२२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?