१५ असोज, ताप्लेजुङ । ताप्लेजुङको हाङ्पाङका एक युवक खोलाले बगाएर बेपत्ता भएका छन् ।
शुक्रबार दिउँसो स्थानीय छिमेकि गीता मगरको मलामि गएका हाङ्पाङ ८ का १३ वर्षीय सविन थापालाई पौडी खेल्ने क्रममा स्थानीय सोवुवा खोलाले बगाएको हो ।
दिउँसो करीव साढे १ बजे पौडी खेल्न पसेका थापालाई खोलाले बगाउना साथ खोजि सुरु गरे पनि फेला नपरेको स्थानीय शिक्षक नरेन्द्र अधिकारीले बताए ।
आज पनि विहानै देखि प्रहरीको सहयोगमा खोजि सुरु गरिए पनि खोलामा बाढी आएकाले खोजीकार्यमा समस्या भएको अधिकारीले बताए ।