+
+

संविधान संशोधन गर्न सहमतिको प्रयास जारीः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १७ गते १०:२९

prachanda१७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवै जातजातीलाई न्याय हुने गरी संविधान संशोधन गर्न सहमतिको प्रयास भइरहेको बताएका छन् ।

सोमबार बिहान सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले प्रचण्डले ‘ संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेको भन्दै यसपटक मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको बताए ।

प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताए ।

भेटमा मगर प्रतिनिधिहरुले स्वायत्त मगराँत प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधित्व, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिबासी जनजातिका प्रथाजन्य कानूनहरुलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?