+
+

बाँकेमा गाडिएको अवस्थामा शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २१ गते ८:४०

२१ असोज, नेपालगन्ज । बाँकेको नोवस्ता-७ सुतैयामा एक युवकको गाडिएको अवस्थामा फेला परेको छ ।

hatyaमृतक नौवस्ता-७ का १७ वर्षीय सुभाष शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

असोज १७ सुतैंयाकै गाउँमा भएको एउटा विवाह समहारोह सामान्य झगडाका कारण सो हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसंधानले देखाएको छ ।

विवाहमा मृतक शाहीसँंग नौवस्ताकै दिनेश महत र नन्द बहादुर पुनका बीचमा सामान्य भनाभन हुने गरी झगडा भएको देखियो त्यसै झगडाका कारण मृतकलाई छातिमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको पाएका छौ’-डिएस्पी काफ्लेले भने ।

घटनामा संलग्नभएको आशंका गरिएका महत र पुन फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी काफ्लेले जानकारी दिए । घटनामा संलग्न रहेको आशंकामा १५जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?