४ कात्तिक, कपिलवस्तु । सवारी साधनले धुलो उडाएको भन्दै कपिलवस्तुको चन्द्राैटाका स्थानीयले दुई दिनदेखि सडक अवरुद्ध गरेका छन् ।
बाणगांगा यातायात व्यावासायी समितिका ट्रकहरुलेे उडाएको धुलाले गर्दा मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै चन्द्रौटाको कांग्रेस चोकदेखि समानता चोकसम्म स्थानीयले सडक अबरोध गरेका हुन् ।
सम्बन्धित निकायलाई जानकरी गराउदा समेत कुनै सुनुवाई नगरेको भन्दै बध्य भएर सडक बन्द गराउनु परेको स्थानीय डा.अब्दुल रहमान मुसालमानले बताए । सो बाटोमा दिनहु सयौंको संख्यामा ट्रकहरु ओहोर दोहोर गर्दा सडकबाट उडेको धुलो घरमा पसी बस्न नसक्ने अवास्था रहेको अजिज मुसालमानले बताए ।
धुलोले बालबालिकाको स्वास्थयमा समेत असर गरेको भन्दै स्थानीयहरु अक्रोश पोख्दै सडक अवरोध गरेका छन् । ब्ााटो मर्मत गर्छौं भन्दै पटक पटक आस्ावासन दिए पनि विगत तीन बर्षदेखि सडक निर्माणमा कुनै पहल नभएको भन्दै सडक बन्द गर्नु परेको स्थानीय रामप्रसाद पोखरेलले बताए ।
बाणगांगा यातायात व्यावासाय समिति, शिवराज नगरपालिका ,नगर विकास समिति र प्रशासन कार्यलयलाई पटक पटक जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको सुमीत्रा गुप्ताले बताइन । स्थानीयहरुले सडक कालो पत्रे गरे मात्रा सावारी साधन चल्न दिने बताएका छन् ।
यता बाणगंगा यातयात व्यावासाय समितिले आफूहरुसग सडक कालो पत्रे गर्ने बजेट नभएको र शिवराज नगरपालिका , नगर विकास समिति र जिल्ला विकास समितिसँग समन्वय गरेर सडक बनाउने आश्वासन दिँदै आएका छन् । तर, त्यसको लागि कुनै प्रयास नभएको स्थानीयको आरोप छ ।
प्रतिक्रिया 4