+
+

डेङ्गुको प्रकार छुट्याउन चितवनमा नमुना सङ्कलन

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ७ गते ९:३४

dengue७ कात्तिक, चितवन । चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ ।

रत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले भरतपुर अस्पतालबाट २५ र रत्ननगर बकुलहर अस्पतालबाट २५ वटा नमुना सङ्कलन गरेर लैजाने र डेङ्गुको प्रकार छुट्याउने छ । मुख्यगरी डेङ्गुका चार प्रकार हुन्छन् । डेङ्गु–१, डेङ्गु–२ डेङ्गु–३ र डेङ्गु–४ गरेर प्रकार छुट्याइएको छ ।

नेपालमा चारवटै प्रकारका डेङ्गु पाइएको भए पनि यसपालि फैलिएको डेङ्गु कुन प्रकारको हो भनेर पत्ता लगाउन परीक्षणका लागि नमुना सङ्कलन गरिएको इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले बताए ।

चितवनमा भदौदेखि अहिलेसम्म दुई सय ७२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दुई सय २२ जना भने रत्ननगर नगरपालिकाका बिरामी छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार नेपालमा अहिलेसम्म १२ जिल्लामा डेङ्गु देखिएकामा तीन सय चारजनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?