+
+

दुई विधेयक दफावार छलफल गर्न समितिमा पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ९ गते १६:४६

Parliament-Building of Nepal९ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसद बैठकले दुईवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

मंगलबार बसेको संसद बैठकले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक २०७२ लाई दफावार छलफलका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक र समाज कल्याण समितिमा पठाएको हो ।

त्यसैगरी नेपाल पशु चिकित्सा परिषद पहिलो संसोधन विधेयक २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । दुबै विधेयकलाई बैठकले सर्वस्वीकृत दफावार छलफल गर्न सम्बन्धित समितिमा पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?