Comments Add Comment

रोल्पामा ९ वटा स्थानीय तहको प्रस्ताव

११ कात्तिक, रोल्पा । रोल्पा जिल्लामा ९ वटा स्थानीय तहको खाका प्रस्ताव गरिएको छ ।

proposed-local-body-rolpaस्थानीय तह पुनः सरचना प्राबिधिक सहयोग समिति रोल्पाले पत्रकार सम्मेलन गरेर एक नगरपालिका र आठ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहने खाका सार्वजनिक गरेको हो ।

लिवाङ नगरपालिका को केन्द्र लिवाङ, त्रिवेणी गाँउपालिकाको केन्द्र त्रिवेणी वा जुगाँर, रुन्टीगढी गाँउपालिकाको केन्द्र होलेरी, सुकिदह गाँउपालिकाको केन्द्र पुत्लाखेत, शिबपुरी गाँउपालिकाको केन्द्र सुखाओडार रहने गरी प्रस्ताव गरिएको छ । त्यस्तै  माडी गाँउपालिकाको केन्द्र घर्तीगाँउ, लुङ्ग्री गाँउपालिकाको केन्द्र सुलिचौर, सुनछहरी या जलजला या सुनछहरी जलजला गाउँपालिकाको केन्द्र पोवाङ र बराहक्षेत्र गाउँपालिकाको केन्द्र किलाचौर हाजवाङ रहने खाका प्रस्ताब गरिएको स्थानीय तह पुनः सरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी सुशिल वैद्यले जानकारी दिए ।

प्रस्ताबित खाका सुझाव सकंलन र गाँउ गाँउमा छलफलका लागी सार्वजनिक गरिएको र यो नै अन्तिम नभएको वैद्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment