११ कात्तिक, काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको दशैं अफर अन्तर्गतको सातौं विजेता चित्रबहादुर श्रेष्ठ भएका छन् ।
यामाहा नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजको दशैं अफर ‘टेक्नो टि्रप टु टोकियो’ सातौं विजेता श्रेष्ठ बनेका हुन् । नविन अटो सेन्टर, नारायणगढबाट श्रेष्ठले ‘यामाहा रेजी’ खरिद गरेका थिए । यसअघिका ६ जना विजेताले जस्तै श्रेष्ठले पनि जापान भ्रमण गर्ने अवसर पाउने छन् ।
एमएडब्लुले दशैंको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो टि्रप टु टोकियो’ अफर ल्याएको थियो । यसैगरी कमपनीले यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ छुटसमेत दिँदै आएको छ ।
यो योजना तिहारसम्म चल्ने छ ।