अष्ट्रेलिया । अष्ट्रेलियाको बिभिन्न तीन शहरमा यसपटक नेपाल महोत्सव आयोजना गरिने भएको छ । महोत्सव सम्पन्न गर्नका लागि यहाँका नेपाली समुदाय तयारीमा जुटेका छन् ।
आगामी नोभेम्बर १२ शनिबार क्वीन्सल्यान्ड राज्यको ब्रिसबेनमा आयोजना हुने महोत्सव करिव २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
किङ्ग जर्ज स्क्वायरमा आयोजना हुने महोत्सवमा नेपाली खाना, कला संस्कृति र नेपाली पहिरन तथा झाँकीहरूले बि्रसबेनबासीलाई नेपाल नजिक पुर्याउने विश्वास लिइएको छ ।
एनआरएनए क्वीन्सल्यान्ड कोअर्डिनेशन कमिटीको आयोजना तथा नेपाली राजदूतावास, पर्यटन बोर्ड र क्वीसल्यान्डका बिभिन्न नेपाली संघ संस्थाको सहयोगमा यस पटकको महोत्सव हेर्न लायक हुने यसका संयोजक तथा एनआरएनएका उपाध्यक्ष अभिमानसिंह बस्नेत बताउँछन ।
उनको शब्दमा भन्ने हो भने, महोत्सव नेपाल र नेपाली कलासंस्कृतीको सबैभन्दा ठुलो उत्सब हो । महोत्सवको एक दिन अघि नेपाल र नेपाली कलासंस्कृति झल्काउने नेपाल परेडको आयोजना गरिने र महोत्सवको एक दिनपछि दक्षता अभिबृद्धि र सीप हस्तान्तरण सम्वन्धी एकदिने कार्यशालाकोसमेत आयोजना गरिन लागेको संयोजक बस्नेतले जानकारी दिए ।
अष्ट्रेलियाको सरकारी, गैरसरकारी, अनुसन्धान संस्थाहरु, विश्वविद्यालयमा काम गर्ने विज्ञहरु सम्मिलित उक्त कार्यशालाले नेपालको पुनर्निर्माण र विकासमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बस्नेतले बताए ।
एनआरएन अस्ट्रेलियाले आयोजना गर्न लागेको यस कार्यशालामा नेपालको प्रकोप व्यवस्थापन, विद्युतीय सुशासन, पुनर्निर्माण, यातायात ब्यवस्था र सुरक्षा, आमसञ्चार नीति निर्माण लगायतका बिषयमा १ दर्जन बढी कार्यपत्रहरु प्रस्तुत गरिँदैछ ।
महोत्सवको आकर्षकका रुपमा नेपालवाट चर्चित ब्यान्ड कन्दरा र गायक सुगम पोखरेलका साथ अन्जु पन्तले आˆना गायकी प्रस्तुत गर्नेछन् ।
एनआरएनका कोषाध्यक्ष डिला खरेलले यस्ता महोत्सवहरु संसारभरनै गरिनुपर्ने धारणा राखे । ‘बिदेशमा बसेर मुलुकका लागि गर्ने भनेको यो एउटा महत्वपुर्ण काम हो, कम्तीमा चार जना पर्यटक नेपाल पठाउन सक्नुभयो भने मुलुकको पर्यटनमा सघाउ पुग्छ ।’, खरेलले भने ।
यस्तै नोभेम्बर २६ तारिखका दिन सिड्नीको ब्यस्त पर्यटकीय नगरी डार्लिङ हार्वरमा नेपाल महोत्सवको आयोजना गरिँदैछ । करिब पचास हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको एक दिने यस महोत्सवको तयारी लगभग पूरा भइसकेको यसका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले बताए ।
उनले बिदेशी संचार माध्यमलाई निमन्त्रणा गरेर नेपाल र नेपालीको पहिचान अभिबृद्धीको नौलो प्रयासको थालनी गर्न लागेको बताए । त्यसका लागि जर्मन न्युज एजेन्सी डुचे प्रेशका अस्ट्रेलिया संवादाता सुबेल राजभण्डारीको संयोजकत्वमा सबै अस्ट्रेलियाली प्रेशलाई निम्ता गर्ने काम समेत भैसकेको पोखरेलले बताए ।
यसै गरी मेलवर्नमा भने महोत्सव आउँदो डिसेम्बर १७ मा आयोजना हुनेछ । फेडरेसन स्क्वायरमा आयोजना हुने महोत्सवमा यस पटक बिशेष कार्यक्रमका साथ आयोजना गरिने भएको छ ।
एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्ऽ सिग्देल महोत्सवको आयोजनाले मुलुक चिनाउनुका साथै प्रवासमा हाम्रो कला संस्कृति र पहिचानको रक्षा हुने कुरा बताउँछन् । नेपाल भन्दा बाहिर आयोजना गरिने महोत्सवहरुमा अस्ट्रेलियामा नै संभवत सर्वाधिक सहभािगता रहने ठोकुवा गर्दै अध्यक्ष सुरेन्ऽ भन्छन्, ‘मुलुकको प्रर्वधनका लागि एनआरएनको यो कर्तब्य पनि हो ।’
प्रतिक्रिया 4