+
+

प्राधिकरणका सीइओलाई प्रधानमन्त्रीको प्रश्न- भूकम्पपीडितका लागि के गर्नुभो ?

ज्ञवालीको जवाफ- कर्मचारीले कामै गर्न दिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३० गते १७:२९
Sushil-Gewali
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवाली

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीलाई मंगलबार बिहानै आफ्नो निवासमा बोलाएर भूकम्पपीडितका पक्षमा अहिलेसम्म के के काम भयो भनी प्रश्न गरेका छन् ।

प्राधिकरणका सीइओ ज्ञवालीले पुनर्निर्माणको कामलाई प्रभावकारीरुपमा काम नगरेको र पीडितहरुले अहिलेसम्म राहत पाउन नसकेको गुनासो बढेपछि प्रधानमन्त्रीले ज्ञवालीलाई बालुवाटारमा बोलाएर प्रश्न उठाएका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले ज्ञवालीलाई आइतबारभित्र लिखितरुपमा प्राधिकरणले गरेका कामबारे जानकारी गराउन भनेका छन् ।

‘आइतबार निर्देशक समितिको बैठक छ, त्यस अगावै प्राधिकरणले अहिलेसम्म गरेका कामबारे प्रधानमन्त्रीज्यूले लिखित जानकारी माग्नुभएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्राधिकरणको काम चित्तबुझ्दो नभएको भन्दै भूकम्पपीडितबाट बारम्बार गुनासो आएकाले प्रधानमन्त्रीले ज्ञवालीको ध्यानाकर्षण गराएका हुन् ।

कर्मचारीले काम गर्न दिएनन्ः ज्ञवाली

प्रधानमन्त्रीसँगको भेटमा सीईओ ज्ञवालीले ब्युरोक्रेसीका कारण आफूले  प्रभावकारी काम गर्न नसकेको भन्दै दोषजति निजामती कर्मचारीतिर तेस्र्याएका थिए ।

स्रोतका अनुसार ज्ञवालीले प्रधानमन्त्रीसँग भने- ‘कर्मचारीहरु प्राधिकरणमा आउनै मान्दैनन्, हामीले यही ब्यूरोक्रेसीबाट काम गर्नुपरिरहेको छ, जसको कार्यशैली एकदमै ढीलासुस्ती पाराको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?