+
+

एमाले नेता खनाल भन्छन्- आन्दोलनसँग संविधानको मूल्य, मान्यता खरिद-बिक्री हुँदैन

संविधान संशोधन आवश्यक नरहेको जिकीर

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १ गते १३:३५

Jhalanath-Khanal

१ मंसिर, इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन आवश्यक नरहेको बताएका छन् । मधेस केन्द्रित दलहरुप्रति लक्षित गर्दै नेता खनालले कसैको आन्दोलनसँग संविधानको मूल्य, मान्यताको खरिद-बिक्री नहुनेसमेत बताए ।

प्रेस चौतारी इलामले बुधबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले अहिले संविधान संशोधन नभइ कार्यान्वयनको आवश्यकता औंल्याए ।

अंगीकृत नागरिकता भएकालाई राष्ट्रप्रमुख बनाउन संविधान संशोधन गर्न लागिएको भन्दै उनले एमालेलाई त्यो मान्य नहुने बताए ।

उनले संविधान संशोधनको सट्टा कार्यान्वयनका लागि एकजुट हुन सबै दलहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?