+
+

आर्थिक अभावले क्यान्सर पीडित मृत्यु कुर्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते १३:५७

३ मंसिर, बाजुरा । बाजुरा बडिमालिका नगरपालिका -९ ढम्कनेका नन्दे रोकाया उमेरले ४५ बर्षका भए । उनी विरामले थला परेको चार महिना वित्यो । विराम सुरु हुनासाथ आफन्तले घरमा भएको पैशा र गाउँलेले जुटाएर दिएको २७ हजार रुपैयाँ लिएर बाजुरा जिल्ला अस्पताल, अछामको बयालपाटा अस्पताल, धनगढीसम्म उपचारका लागि पुर्‍याए । सुरुमा रोग पत्ता लागेन । धनगढीबाट भारतको खटिमा पर्‍याए त्यहाँ रोग पत्ता त लाग्यो तर उपचार सम्भव भएन ।

mandre-rokaya-bajura‘बोन क्यान्सर भएको थाहा भयो तर उपचार खर्च नहुँदा घर फर्किएँ । भएको पैसा पनि सकियो,’ रोकायाले भने ।

क्यान्सर रोगमा निकै ठूलो धनरासी खर्च हुने थाहा पाएपछि उनी घर फर्किन बाहेक कुनै विकल्प नै रहेन उनमा । हाल थप उपचारका लागि खर्च नहुँदा रोकाया गाउँमै मृत्यु कुरेर छटपटाई रहन बाध्य छन् ।

गरिब परिवारका रोकायालाई नेपालमै क्यान्सर सम्बन्धिको उपचार हुने जानकारी भएपनि त्यहाँसम्म जाने भाडासमेत नभएपछि आफन्तले उपचार गराउन सकिरहेका छैनन् ।

‘गाउँलेहरुले पनि एकपटक उपचार खर्च दिलाइसकेका छन् । ऋण काडेर उपचार गराउँदा पनि निको हुन्छ या हुँदैन, पछि ऋण तिर्ने कसरी घरपरिवार विछिप्त छ,’ स्थानीय रामबहादुर धामीले भने ।

गरिबीका कारण उपचारका लागि क्यान्सर अस्पतालसम्म पुग्न नसकेको भाइ लोकेन्द्र रोकायाले बताए ।

‘उपचार गर्न लैजान त मन थियो तर पैसा कहाँबाट जुटाउने । गाउँलेसँग पनि कतिपटक माग्नु अस्पताल लैजान मात्रै २० हजार खर्च लाग्छ भन्ने सुनेका छौं,’ अब उपचार भन्दा मृत्यु कुर्न बाहेक केही रहेन भाइ लोकेन्द्रले भने, ‘दाइको पीरले जीवनमा निकै दुःखी बनाएको छ ।’

रोकायाका तीन छोरी, एक श्रीमती र बुवा छन् । उनलाई सरकारले क्यान्सर सम्बन्धि एक लाखसम्मको निःशुल्क औषधि दिने जानकारी त थियो अस्पतालसम्म जाने भाडासमेत नहुँदा उपचारको आशा नै छोडेका छन् ।

खेति किसान गरेर खाने परिवार अहिले विरामीकै स्याहारमा वितेको छ । घरको काम गर्न कसैले पाएका छैनन् । उनलाई कतिखेर के हुने हो भन्ने पिरले काम गर्ने जाँगर नभएकाले खेतबारी बाँझो राख्न परेको परिवारका सदस्यहरु बताउँछन् ।

-धर्मराज पाध्यायबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?