+
+

जग्गाधनी नभेटिँदा ललितपुरमा फेरि नापीमा कठिनाइ

रासस रासस
२०७३ मंसिर ४ गते ११:०६

amin-land-surveyer2
४ मङ्सिर, ललितपुर । नापीको टोली जग्गामा पुग्दा जग्गाधनी नभेटिँदा जिल्ला नापी कार्यालयलाई पुनःनापीको काम अघि बढाउन गाह्रो भएको छ ।

नापी भएको पाँच दशकपछि पुनःनापी भइरहँदा जग्गाधनीले भने आफूसँग कागजात छँदैछ भनेर चासो नदिएको कार्यालयका प्रमुख बुद्धिमान जैसीले बताए । पहिले बेवास्ता गर्ने जग्गाधनीले पछि विवाद झिक्ने र जग्गाधनी जग्गामा नभेटिँदा नापी लम्बने उनी बताउँछन् । उनी भन्छन्, “पहिले बेवास्ता गर्ने नै पछि फेरि गएर फेरि नाप्नुपर्यो भन्दै कार्यलय आउने गर्छन् ।”

टोली खटिएका समयमा जग्गाधनी भेटिँदा सहज भए पनि फेरि टोली पठाउन गाह्रो हुने उहाँले बताए । उनी भन्छन्, “विवाद वा समस्या आए पनि फिल्डमा समाधान गर्न छिटो र सजिलो हुन्छ ।” कार्यालयका प्रतिनिधि नापीका लागि जाँदा कतिपय फुर्सद नभएर र धेरैले बेवास्ता गरेर घर वा जग्गामा उपस्थित हुँदैनन् ।

कार्यालयले जग्गाको अवस्थामा कैयौँ गुणा परिवर्तन भएका इमाडोल, टीकाथली, सैँबु, ललितपुर उपमहानगरपालिकाका विभिन्न स्थानमा तीन वर्षदेखि पुनःनापी गर्दै आएको छ । विसं २०२१ पछि यी स्थानमा नापी हुन सकेको थिएन ।

पुनःनापी भइरहेका ती स्थानमा जग्गाको स्वरुप झन्डै ४०० प्रतिशतसम्म परिवर्तन भएको पाइएको कार्यालयले बताएको छ । जग्गाको स्वरुपमा झन्डै ६० प्रतिशत परिवर्तन हुँदा पुनःनापी गर्नुपर्ने मान्यता छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?