+
+

रुखले किच्दा आमाको मृत्यु, छोरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ८ गते १५:४६

८ मंसिर, सोलुखुम्बु। छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कदै गर्दा रुखले किचेर देउसा– ५ सोलुखुम्बुकी शशीकला राईको मृत्यु भएको छ ।

Death-Bodyस्थानीय नरनाथ राई र सुभराम राईले रुख काट्ने क्रममा ढल्दा बाटोमा हिँड्दै गरेकीे १७ वर्षीया राईको किचेर मङ्गलबार मृत्यु भएको हो । उनी ४५ दिनकी छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कदै गरेकी थिइन् ।

रुखले किचेर छोरी सामान्य घाइते भएकी छिन् । घाइते बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रुख काट्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?