+
+

प्रधानमन्त्रीद्वारा कपिलाकोट र कल्पबृक्ष जोड्ने पुल शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ९ गते १६:२९

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको कपिलाकोट र कल्पबृक्ष जोड्ने पक्की पुलको बिहीबार शिलान्यास गरेका छन् ।

kapilakot-kalpabrikshya-bridge-foundation४०० मिटर लामो पुल नेपाल सरकारको ४३ करोड ५० लाख रूपैयाँ लागतमा निर्माण हुनेछ । सो पुल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

शिलान्यासपछि प्रधानमन्त्री प्रचण्डले निर्धारित समयभन्दा अगावै पुल निर्माणको काम सम्पन्न गर्न सम्वन्धित पक्षलाई निर्देशन दिँदै राम्रो काम गर्नेलाई सम्मान गरिने बताए ।

प्रधानमन्त्रीले सिन्धुलीको मरिनमा प्रस्तावित कृषि क्याम्पसको जग्गाको स्थलगत निरीक्षण पनि गरेका छन् । कृषि क्याम्पस स्थापनामा आफ्नो र सरकारको तर्फबाट पूर्ण सहयोग हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?