+
+

प्रवासबाट सुन्दरको कविता

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १० गते ११:४१

book-news

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूले देशमा ‘रेमिट्यान्स’ रकम पठाउँछन्, तीमध्ये केहीले भने साहित्यिक कोसेली पनि ल्याउँछन् । बहराइनमा कार्यरत भोजपुर छिनामखुका सुन्दर गुरुङले कवितासंग्रह’आफूले खोजेको स्वर्ग’ प्रकाशनमा ल्याएका छन् ।

राजधानीमा बिहीबार गुरुङको पहिलो कविताकृतिको लोकार्पण गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव गणेश रसिकले विदेश गएका नेपाली युवाहरूले नेपाली भाषा, साहित्यमा उल्लेख्य योगदान पुर्‍याइरहेको बताए ।

कवि श्रवण मुकारुङले गुरुङका कविताहरूमा गाउँघर, मेलापात र संस्कृतिको रङ सघन रुपमा आएको बताए । ‘सरल रुपमा बगेका उनका कविताहरु कतिपयलाई कविता जस्ता नलाग्न सक्छन्’, मुकारुङले भने, ‘तर मलाई उनका कविताले छोए । पाठकलाई कविताले छुनु नै कविता सशक्त हुनुको प्रमाण हो ।’

कवि गुरुङले कविता लेख्न आफूलाई सामाजिक सञ्जाल फेसबुकले उत्प्रेरित गरेको बताए । उनले भने, ‘फेसबुक नभएको भए सायद म कवि भएर आउने थिइनँ होला ।’

नेपाली वाङ्मय परिषदद्वारा आयोजित कार्यक्रममा परिषद् अध्यक्ष प्राज्ञ शशि लुमुम्बू, प्राज्ञ वियोगी बुढाथोकी, सङ्गीतज्ञ बुलु मुकारुङ, कवि बमबहादुर थापा ‘जिताली’, समीक्षक गुरुङ सुशान्त लगायतले लोकार्पित कृति तथा कविका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?