+
+

अनौठो प्रथा, जहाँ बिहेका लागि केटाले खानुपर्छ केटीको लठ्ठी

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते ८:००

girl-stickभारतको राजस्थानस्थित मारवाडमा एउटा अनौठो उत्सव मनाइन्छ । धींगा गवर भनिने उक्त उत्सवमा निकै अनौठो परम्परा निर्वाह गरिन्छ । जसमा अविवाहित युवतीहरुले अविवाहित युवकहरुलाई लखेटी लखेटी लठ्ठीले कुट्छन् । यसरी लठ्ठीले कुटिने युवकको बिहे पक्का हुन्छ ।

गवर मातालाई गाउँलेहरुले पार्वतीको रुपमा पुजा गर्दछन् । उक्त परम्परामा अविवाहित युवतीका साथै नवविवाहिता तथा विधुवा महिलाहरुले पनि भाग लिने गरेका छन् ।

वास्तवमा वैशालु युवा युवतीका लागि यो पर्व साटो फेर्ने पर्व पनि हो । युवकहरु वर्षभर मन परेकी युवतीलाई जिस्क्याएर हैरान पार्छन् । तर यो पर्वको एक दिन भने युवतीहरु अफुलाई हैरान पार्ने तन्नेरीलाई बाँसको लौरोले कुटीकुटी साटो फेर्छन् । यो पर्वलाई महिला स्वतन्त्रता तथा स्वच्छन्दताको पर्वको रुपमा पनि लिइन्छ । हरेक वर्ष गणगौर पुजापछिको वैशाख तृतीयामा यो पर्व मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?