+
+

पाटनको एमविविएसको प्रवेश परिक्षामाथि छानविन हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १८ गते १४:२७

१८ मंसिर, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसको प्रवेश परिक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद सृजना भएपछि स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

Patan hospitalमन्त्रालय अन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । शुक्रबार गठन भएको समितिलाई पाँच दिन भित्र छानविन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जिम्मेबारी दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानले यही मंसिर १५ गते शैक्षिक सत्र २०७३-७४को एमबिबिएस प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको थियो ।

प्रवेश परिक्षाको नजितामा त्रुटि भएर विवाद सृजना भएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाले छानविन समिति गठन गर्न लगाउनु भएको हो ।  समितिका संयोजक श्रेष्ठले आइतबार विहान समितिको बैठक बसी छानविन अगाडी बढाउने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?