२४ मंसिर, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकामा संविधान संशोधन लगायतका विषमा लेख रचना र सम्पादकीय प्रकाशन भएको छ ।
आजको अन्नपूर्ण पोस्टमा षड्यन्त्रको अनेक पाटो शीर्षकमा युवराज घिमिरेको विचार प्रकाशन भएको छ । त्यस्तै अन्नपूर्णमा नेत्रविक्रम चन्द ‘विप्लव’को अन्तवार्ता प्रकाशन भएको छ ।
अन्नपूर्णले राष्ट्रिय खतरा शीर्षकमा सम्पादकीय लेखेको छ ।
आजको कान्तिपुरले गरिबी निवारण थेगोमै सीमित शीर्षकमा सम्पादकीय प्रकाशन गरेको छ भने द्वन्द्व नवढाऊ शीर्षकमा धु्रव कुमारको विचार प्रकाशन भएको छ । त्यस्तै वृषेचन्द्र लालको उपराष्ट्रवादको खेल समाप्त पारौं शीर्षकमा विचार प्रकाशन भएको छ ।
आजको नागरिक दैनिकमा अस्पतालका उपकरण शीर्षकमा सम्पादकीय प्रकाशन भएको छ भने सत्याग्रहको मूल्य शीर्षकमा सरोध धितालको विचार प्रकाशन भएको छ । त्स्तै कमल थापाको नयाँ वैकल्पिक शक्तिको उदय शीर्षकको लेख प्रकाशन भएको छ ।