+
+

दाङको फर्निचर उद्योगमा आगलागी

रासस रासस
२०७३ मंसिर २४ गते १२:०६

Fire२४ मंसिर, दाङ । दाङको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर–९ दोघरेमा रहेको तीर्थराज गिरीको फर्निचर उद्योगमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको गिरीले बताए ।

आज बिहान करिब ४ बजे फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योगका सामग्री र मेसिन जलेर नष्ट भएका छन् ।

आगलागीको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?