+
+

सरकारलाई नेम्वाङको आग्रहः संविधान संशोधन होइन चुनाव घोषणा गर

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २४ गते १२:५३

Subas-Nemwang

२४ मंसिर, विराटनगर । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधनका लागि सरकारले संसदमा पेश गरेको बिधेयक फिर्ता नलिएसम्म सदन र सडकको आन्दोलन नरोकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै बिघटित संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङले सरकारले संविधान संशोधन बिधेयक संविधानको व्यवस्था विपरित ल्याएको बताए ।

उनले ९० प्रतिशत जनप्रतिनिधिको सहमतिमा निर्माण भएको संविधान विरुद्ध केही व्यक्तिले बोल्दैमा संशोधन गर्दै जाने हो भने संविधान कार्यान्वयन नै हुन नसक्ने दावी गरे ।

उनले सरकारले संविधान संशोधन भन्दा पनि तीन तहको निर्वाचनको घोषणा गरे आफूहरु चुनावमा भाग लिन तयार रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?