+
+

राप्रपाले बनायो जम्बो पदाधिकारी, को-को मनोनित भए ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २८ गते २०:३५

leaders-of-rpp

२८ मंसिर, काठमाडौं । राप्रपाले भागवण्डाका आधारमा जम्बो पदाधिकारी बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले मंगलबार उपाध्यक्ष, महामन्त्री, कोषध्यक्ष मनोनयन गरेका हुन् ।

राप्रपा र राप्रपा नेपालबीच एकतापछि बनेको राप्रपामा नेताहरुको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । र, माओवादी केन्द्रको सिको गर्दै उसले जम्बो कमिटीहरु बनाएको छ ।

राप्रपाले ६ उपाध्यक्ष, ६ महामन्त्री, दुई कोषाध्यक्ष बनाएको छ । साथै प्रवक्ता पनि दुबै पार्टीबाट एक एक जना तोकेको छ भने सहप्रवक्ता ४ जना राखिएको छ ।

उपाध्यक्ष मनोनित हुनेमा दिपक बोहोरा, राजीव पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादव छन् । यस्तै टंक ढकाल, ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, विक्रम पाण्डे, धवलशम्शेर जबरा र नरेन्द्र चौधरी महामन्त्री मनोनित भएका छन् ।

कोषाध्यक्षमा उद्धव पौडेल र निलकण्ठ काफ्ले छन् भने ठाकुरप्रसाद शर्मा र राजाराम श्रेष्ठ प्रवक्ता तोकिएका छन् । सहायक प्रवक्तामा किरण गिरी, मोहन श्रेष्ठ, बसन्तमान सिंह अधिकारी र राजाराम बर्तौलालाई मनोनित गरिएको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?