+
+

संशोधन विधेयकविरुद्ध थप आन्दोलनको घोषणा गर्ने विपक्षी नौ दलको निर्णय

१७ गतेको आमसभा २२ लाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ७ गते १४:३९

 

Subas-Nemwang

७ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन विधेयकविरुद्ध थप आन्दोलनको घोषणा गर्ने भएका छन् । साथै १७ गतेको सभा २२ गतेलाई सारिएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको विपक्षी दलहरुको बैठकमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान पनि सहभागी भएका छन् । यससँगै विपक्षी गठवन्धनमा ९ दल भएका छन् ।

बैठकले दबावमुलक आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । यसका लागि आइतबार नौ दलका अध्यक्षहरुको संयुक्त पत्रकार सम्मेलन हुनेछ ।

साथै १७ गते काठमाडौंमा गर्ने भनिएको आमसभा अंग्रेजी नयाँ वर्ष परेको भन्दै २२ गतेलाई सारेको छ ।

बैठकले संशोधन विधेयकलाई कुनै हालतमा संसदमा टेबल गर्न नदिने र अवरोध कायमै राख्ने निर्णय गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?