+
+

सभामुखले बोलाइन् सात दलको बैठक, संसद मंगलबारलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ९ गते १८:२०

Onsari-Gharti

९ पुस, काठमाडौं । सभामुख ओनसरी घर्ती मगरले संसदका प्रमुख सात दलका शीर्ष नेताहरुको बैठक सोमबार बोलाएकी छिन् । आइतबारका लागि बोलाइएको संसद बैठक भने मंगलबारका लागि सरेको छ ।

सभामुख घर्तीले संसदको अवरोध हटाउने प्रयास स्वरुप सोमबार ३ बजे सात दलको बैठक बोलाएकी हुन् । संसदमा दोहोरो अंक सांसद भएका दलहरुलाई बैठकमा बोलाइएको हो ।

आइतबारको संसद बैठक भने मंगलबार १ गतेका लागि सारिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले अनलाइनखबरलार्इ बताए ।

संविधान संशोधन विधेयकको विरोध गर्दै एमालेसहितका विपक्षी दलहरुले लगातार संसद अवरुद्ध पार्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?