Comments Add Comment

रोजिसापछि ‘ग्याङस्टार ब्लूज’मा संयमको इन्ट्री

saiyam-and-rojisha
चलचित्र ‘सायद’मा काम गरेपछि सबैतर्फबाट तारिफ पाएका नायक संयम पुरीको व्यस्तता अहिले त्यती साह्रो छैन । आफ्नो अभिनयका कारण सबैको तारिफ पाएका संयम ‘पुन्टे परेड र आभाष’को असफलतापछि खाली जस्तै देखिएका थिए ।

उनै संयम अब चलचित्र ‘ग्याङस्टार ब्लूज’मा जोडिएका छन् । सरोज न्यौपानेको निर्माणमा हेमराज वीसीले निर्देशन गर्न लागेको यो चलचित्रमा अब संयम लीड भूमिकामा हुनेछन् । यस अगाडि, आशिरमान देसराज र नायिका आना शर्मा मुख्य भूमिकामा फाइनल भैसकेका छन् । केहि दिन अगाडि मात्र मोडल रोजिसा शाहीलाई चलचित्रको मुख्य भूमिकामा फाइनल गरिएको थियो ।

ग्याङस्टारको कथामा बन्ने यो चलचित्रका अन्य कलाकारका लागि पौष २५ गते अडिसन हुने निर्माता न्यौपानेले बताएका छन् । काठमाण्डौको मण्डला थिएटरमा दिउँसो १ बजेबाट अडिसन हुने उनले सुनाए ।

चलचित्रको छायांकन फागूणबाट सुरु हुनेछ । यसको, घोषणा भएको ६ महिना बढी भैसकेको छ । मुख्य कलाकार आशिरमानले शरीर बनाउनुपर्ने भएकाले समय लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment