+
+

पोखराको होटलमा आगलागी, तीन करोड रुपैयाँ बराबरको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २७ गते ९:५१

aaglagi-pokhara२७ पुस, काठमाडौं । पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी हुँदा तीन करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मंगलबार राति साडे १० बजेतिर बाराहीचोकस्थित ट्राई स्टार होटल एण्ड क्याफेबाट सल्किएको आगो थ्रीस्टार मनी चेञ्जर, क्रस रिभर र्‍याफ्टिङको कार्यालय र सनराईज वैंकको एटिएम मेसिनसम्म फैलिएको प्रहरी नायव निरिक्षक राम अधिकारीले जानकारी दिए ।

करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

ग्याँसको सिलिण्ड पडि्कएर भएको आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय लागि परेका थिए । आगो नियन्त्रणका लागि पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टको २ वटा दमकलको प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?