+
+

मलाइकासँग तित्तता छैनः अरवाज खान

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २९ गते ११:०७

malika-and-arbazबलिउड अभिनेता अरवाज खानले पत्नी मलाइका अरोडा खानसँगको सम्वन्धविच्छेदबारे पहिलोपटक मुख खोलेका छन् । उनीहरुको सम्वन्धविच्छेदले गत वर्ष भारतीय मिडियामा ठूलो स्थान पाएको थियो । यद्यपि दुवैले यस विषयमा सार्वजनिक टिप्पणी गरेका थिएनन् ।

हालै एक अन्तरवार्तामा अरवाजले मलाइकासँगको सम्वन्धविच्छेदबारे खुलेर कुरा गरे । उनले पति-पत्नीको सम्वन्ध टुटे पनि आफूहरुबीच धेरै ठूलो तिक्तता भने नरहेको दावी गरे । छोराको हेरविचारका लागि पनि दुवै जनाबीच समन्वय आवश्यक भएको उनको भनाई छ ।

अरवाजले भने, ‘हो हामी अलग्गियौं, तर यसको मतलब यो होइन कि हामीबीच कुनै तालमेल छैन । हामी आपसी सम्झौताका आधारमा छुट्टएिका हौं । मलाइकाको परिबारसँग म विगत २१ वर्षदेखि जोडिएको छु । हाम्रो बच्चालाई राम्रोसँग हुर्काउन हामी दुवैले अभिभावकीय भूमिका निभाउने छौं । यस्तो स्थितिमा सम्हालिएर अगाडि बढ्न मलाइका र म परिपक्व छौ. ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?