+
+

सोलार सेटले झलमल हुँदै बघौडा क्षेत्र

आरपी सुवेदी आरपी सुवेदी
२०७३ माघ ७ गते १६:१६

solar

७ माघ, नेपालगन्ज । विद्युत अभावमा मोबाइल चार्ज गर्न नपाएर अरुको घर चाहार्दै हिँड्ने गरेका बाँके गंगापुर-१ का नित्यानन्द मिश्र आजभोलि अत्यन्त खुसी छन् । किनकी विद्युतको विकल्पको रुपमा सोलार जोडेपछि उनको घर झलमल्ल छ ।

बघौडा उज्यालो कार्यक्रम अन्तरगत वितरण गरेको सोलार सेट बुझेका उनले आफ्नो खुसी साट्दै भने, ‘मोबाईल चार्ज गर्नको लागि अरुको घर चाहार्नु परेको थियो अब त्यसको अन्त्य भयो ।’

बघौडा क्षेत्र बाँकेको राप्तीपारी विकट क्षेत्र हो । यहाँ विद्युतीकरण भएको छैन । लालटिन, टुकी बाल्नका लागि आवश्यक पर्ने मट्टीतेल किन्न पनि भारतीय सीमा बजार वा सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ ।

नेपालगन्ज र छिमेकी गाविस फत्तेपुरमा विजुलीको झिलिमिली हेरेर चित्त बुझाउन बाध्य गंगापुर गाउँकी पुनम कुमारी यादवको अहिले खुसीको सीमा छैन ।

बघौडा उज्यालो कार्यक्रमले घरमै पुगेर दिएको सोलार सेट घर भित्राएपछि उनले भनिन्, ‘घर अगाडि बिजुलीको पोल गाडेको वर्षौं भएपनि त्यो पोलमा न तार न विजुली छ,’ उनले भनिन्, ‘सोलारबाटै काम चलाउन पाउँदा खुसीको सीमा छैन ।’

जिविस बाँकेको राप्तीपारी सञ्चालन गरिएको बघौडा उज्यालो कार्यक्रम अन्तरगत गंगापुर गाविसबाट सोलार वितरण कार्यको बिहीबार सुरुवात गरिएको छ । निर्वाचन क्षेत्र विकास कोषको सहयोगमा यस वर्ष पहिलो चरणमा राप्तीपारीका तीन गाविसका १ हजार ४ सय ५० घर धुरीलाई २० वाटको सोलार सेट वितरण गरिएको हो ।

३ वटा बत्ति बाल्न मिल्ने सो सोलार सेटको बजार मूल्य १२ हजार २ सय रुपैयाँ पर्दछ । स्थानीयबासीले भने प्रतिघरधुरी दुई हजार रुपैयाँमात्र जम्मा गरेर २० वाट क्षमताको सोलार सेट पाएका छन् । बाँकी अनुदान निर्वाचन क्षेत्र विकास कोष र जिविस बाँकेले दिएका छन् ।

गंगापुरमा ४ सय ५०, लक्ष्मणपुरमा ६ सय ५० र कालाफाँटामा ४ सय घरधुरीलाई १ करोड ६२ लाख रुपैयाँ लागतमा सोलारसेट वितरण गरिने जिविस बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?