+
+

काठमाडौंमा ‘उत्तर प्रदेश फेस्टिबल’

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ७ गते १८:१३

up-traditional-dress

७ माघ, काठमाडौं । भारतको ६८ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा काठमाडौंमा आगामी १३ गते ‘उत्तर प्रदेश फेस्टिबल’ आयोजना हुने भएको छ ।

नेपालस्थित भारतीय दूतावासले शुक्रबार पत्रकार सम्मेलन गरी वीपी कोइराला फाउण्डेसन र भारतीय चेम्बर अफ् कमर्ससँगको सहकार्यमा फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

फेस्टिबल नेपाल र भारतको साँस्कृतिक, व्यापारिक र आर्थिक विकासमा द्विपक्षीय सम्बन्ध बिस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको दावी पनि गरिएको छ ।

फेस्टिवलमा भारतका विभिन्न प्रख्यात कलाकारहरुको प्रस्तुती रहने छ । यसैगरी फुड फेस्टिबलमा भारतको उत्तरप्रदेशका विभिन्न खानाका परिकारहरु उपलब्ध हुने बताइएको छ । त्यसैगरी उत्तरप्रदेश र नेपालको पर्यटन प्रर्वदनका लागि पनि फेस्टिबलमा वृहत्तर छलफल हुने बताइएको छ ।

मेला तीन दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?