+
+

गोंगबुको जुवाखालमा प्रहरीको छापा, ४ लाख नगदसहित १० जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १५ गते १८:२७

१५ माघ, काठमाडौं । प्रहरीले काठमाडौंको गोगंबुको एक होटलमा सञ्चालित जुवाखालमा छापा मारेको छ । शनिबार अपरान्ह मारिएको छापाक्रममा देउती दर्शन होटलमा तास खेलिरहेका १० जना पक्राउ परेका छन् ।

खालबाट प्रहरीले ३ लाख ९९ हजार ७ सय रुपैयाँ पनि बरामद गरेको छ ।

होटलका सञ्चालक भने फरार रहेको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ ।

होटलमा जुवा र तास खेल्ने खाल चलाइएको विशेष सूचनाका आधारमा छापा माएकिो प्रहरीस्रोते जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?