+
+

चार वटा दल नयाँसहित चितवनमा २४ दल दर्ता

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ माघ २० गते १२:०२

२० माघ, चितवन । सरकारले स्थानीय तह निर्वाचनका लागि मिति घोषणाको तयारी गरिरहँदा चितवनमा २४ राजनीतिक दलले निर्वाचन कार्यालयमा नाम दर्ता गराएका छन् ।

निर्वाचन आयोगमा एक सय ११ राजनीतिक दल दर्ता भए पनि चितवनमा २४  वटामात्रै दल दर्ता भएको निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले बताए ।

केन्द्र र सम्बन्धित जिल्लामा पार्टी दर्ता गराएमात्र स्थानीय निर्वाचनमा सहभागी हुन प्रावधान अनुसार चितवनमा दल दर्ता भएको हो । दलहरूको जिल्लागत विवरण अद्यावधिक गर्न संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता रहेका राजनीतिक दलले आफू क्रियाशील जिल्लातहमा दल दर्ता गर्न माघ १७ गतेसम्मको म्याद दिएको थियो ।

चितवनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्ऽ, नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र तराई मधेस लोकतान्त्रिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चा, नेकपा माले (जन समाजवादी), नेकपा माले, नेपाल परीवार दल, नेपाल आमा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस समाजवादी पार्टी र सद्भावना पार्टीले दलको नाम दर्ता गरेका हुन् ।

नयाँ पार्टीमा युनाइटेड ग्रीन अर्गनाइजेसन, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, जनगारण पार्टी, विवेकशील नेपाली दललगायतले दल दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?