+
+

पपुवा न्यूगिनीले एक नेपालीलाई देश निकाला गर्‍यो, एक भागे

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २७ गते १८:०६


२७ माघ, काठमाडौं । पपुवा न्यूगिनीले एक नेपालीलाई देश निकाला गरेको छ भने अर्का एक भागेका छन् ।

पपुवा न्यूगिनीले मुनासस्थित अष्ट्रेलियन शिविरमा आश्रय लिइरहेका बन्न खोजिरहेका नेपालीसहित ६० जनालाई देश निकाला गर्न खोजेको छ, जो शरणार्थी बन्न योग्य छैनन् ।

पपुवा न्यूगिनी प्रहरीले विहान ४ देखि ५ बजेको बीचमा दुई नेपालीलाई देश निकाला गर्न खोजेको थियो । उनीहरु मध्ये एकलाई नेपाल फर्काइएको छ ।

द गार्डियनका अनुसार अष्ट्रेलियन शिविरमा १२ नेपाली छन्, जो शरणार्थी बनेर अष्ट्रेलिया प्रवेश गर्न चाहन्छन् । तर, २/३ वर्षदेखि त्यही छन् ।

उनीहरुलाई नेपालमै फर्कन दबाव दिइएको छ । उनीहरुलाई २० हजार डलर दिने अफर समेत गरिएको द गार्जियनले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?