+
+

नेपाली सेनाले १९२ जवानलाई पुनर्निर्माणमा खटाउने

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २७ गते १९:५६

२७ माघ, काठमाडौं । नेपाली सेनाले १ सय ९२ जवानलाई भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा परिचालन गर्ने भएको छ ।

नेपाली सेनाले तालिम प्राप्त आफना जवानहरुलाई भूकम्पबाट अतिप्रभावित जिल्ला मध्ये सिन्धुली, रामेछाप र ओलखढुंगामा परिचालन गर्ने जनाएको छ ।

भूकम्प प्रतिरोधी भवन निर्माणमा दक्ष जनशक्ति अभाव देखिएका बेला नेपाली सेनाले आफ्ना जवानलाई तालिम दिई भवन निर्माणको काममा परिचालन गर्ने निर्णय लिएको हो ।

बिहीबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले नेपाली सेनाले पनि भूकम्प प्रतिरोधी भवन निर्माणका लागि आवश्यक जनशक्ति उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?