Comments Add Comment

२५ वर्षपछि आमिर र शाहरुखको पहिलो सेल्फी

बलिउडका दुई ठूला सुपरस्टार हुन् आमिर खान र शाहरुख खान । फिल्मी प्रतिस्पर्धाका बाबजुद यी दुईको व्यक्तिगत सम्वन्ध आफ्नो ठाउँमा छ ।

हालै शाहरुखले आफ्नो ट्वीटरमा आमिरसँगको एउटा सेल्फी पोष्ट गरेका छन् । उनले सेल्फी पोष्ट गर्दै लेखेका छन्, ‘हामी दुईको सम्वन्ध २५ वर्ष पुरानो छ । तर, हामीले संयुक्त सेल्फी खिचेको यो पहिलोचोटी हो । यो रात मजेदार छ ।’

यी दुई खान बन्धुलाई अहिलेसम्म एउटै फिल्ममा देख्न पाइएको छैन । यद्यपि आमिर खानको मुख्य भूमिका रहेको फिलम बाजीमा शाहरुख छोटो अतिथि भूमिकामा देखिएका थिए । यी दुईलाई एकै फिल्ममा हेर्न चाहने दर्शकहरुको कमी छैन । तर यस्तो मौका कहिले जुर्ने हो भन्न सकिदैन ।

दुवै नायक अहिले आफ्नो फिल्म सफल भएको खुशी मनाइरहेका छन् । आमिरको दंगलले भारतमा सफलताको नयाँ इतिहास रचेको थियो । शाहरुखको रइसले दंगललाई भेट्न नसके पनि सय करोडको आँकडा पार गरेर अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment