+
+

प्रधानमन्त्रीले भने- आईजीपी भन्दा सत्ता गठवन्धन ठूलो

मन्त्रिपरिषदमा सुनाए आफ्नो बाध्यता

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २ गते १९:५४

२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीका प्रमुख (आईजीपी) नियुक्ति प्रकरणबारे आफ्नो बाध्यता मन्त्रिपरिषद्मा सुनाएका छन् ।

डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय कार्यान्वयन गर्न सर्वोच्चले रोकेपछि निमित्त प्रहरी प्रमुख तोक्न प्रचण्डले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा आफ्नो बाध्यता सुनाएका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा नियमावली संशोधन गरेर प्राविधिक तर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त दिने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्रीले आईजीपी नियुक्ति भन्दा सत्ता गठवन्धनको मिसन ठूलो भएको बताए ।  एक मन्त्रीले प्रमको भनाइ उद्धृत गर्दै भने ‘तपाईको सबैको मनमा ठीक भएन भन्ने पनि होला । यसको बारेमा तपाईलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ । अहिलेका लागि मुख्य कुरा भनेको जुन राजनीतिक मिसनका लागि यो गठवन्धन बनेको छ, यो टिकाएर मिसन पुरा गर्ने हो ।’

इच्छाहरु जे जस्तो भएपनि मिसन नै भत्किन्छ भने त्यो इच्छा थाती राख्नु पर्ने उनले बताए । उनको संकेत सत्ता गठवन्धन नै भत्किने अवस्था आएकाले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउनु परेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?