+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

चितवनको ‘पल्पी जुस’ भारतीय र चिनियाँ बजारमा

 राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ फागुन ३ गते ११:५४


३ फागुन, चितवन । पूर्वी चितवनबाट उत्पादन हुदै आएको पल्पी जुसले आफ्नो वजारलाई अन्तराष्ट्रिय रुपमा विस्तार गर्ने भएको छ ।

युनाईटेड बेभरेज प्रालिको नामबाट तीन फ्लेवरमा उत्पादन हुदै आएको आँप, अम्वा र लिच्ची स्वादको जुस छिमेकी राष्ट्र भारत र चीनका केही शहरमा पुर्‍याउने तयारी अन्तिम चरणमा पुगेको बेभरेजका प्रवन्ध निर्देशक कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

८ करोडको लगानीबाट सुरु गरिएको उद्योगले आफ्नो लगानीलाई २० करोड पुर्‍याई अन्तर्राष्ट्रिय वजारमा विस्तार गर्न लागेको उनले बताए ।

स्थापनाको छोटो समयमानै पल्पी व्राण्डका जुस नेपालको ४० वढी जिल्लामा ६५ वटा डिष्ट्रिव्युटर रहेकोमा यसलाई बिस्तार गरी नेपालभर पुर्‍याउने तयारी भइरहेको कम्पनीका निर्देशक भेषराज दवाडीले जानकारी दिए ।

यस्तै कम्पनीले ७ जना संचालक समितिलाई विस्तार गरी ११ जना संचालक रहने गरी समिति पनि विस्तार गरेको छ । कम्पनीमा चितवन उद्योग संघका अध्यक्ष भीमवहादुर पाण्डे, विदेशमा रहेर नेपाली लगानी एकीकृत गरेको संस्था युथ भिजन इन्भेष्टमेन्ट कम्पनी, विष्णु प्रसाद खनाल र गजेन्द्र अधिकारी समेटिएपछि कम्पनीको चुत्ता पुँजीलाई १० करोड पुगेको छ ।

युवा व्यवसायीहरुलाई स्वदेशमानै केही गर्नु पर्छ भन्ने भावनाका साथ कम्पनीले लिच्चीको जुस उत्पादन गर्न नयाँ मेसिनसँगै मिनिरल वाटर, ट्रेटा प्याक मेसिन भित्र्याई नयाँउत्पादनहरु पनि सुरु गर्ने कम्पनीका प्रोडक्सन मेनेजर लोकवहादुर वस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?