+
+

चुनावे हुने सम्भावना बढेपछि भोट तान्न नेताहरुको दौडधूप बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ७ गते ६:००

७ फागुन, काठमाडौं । राजनीतिक दलहरू राष्ट्रिय समस्या समाधानभन्दा भोट तान्ने दाउपेचलाई महत्व दिन थालेका छन् । प्रमुख राजनीतिक दलका शीर्ष नेतासमेत राष्ट्रिय विषयलाई छायामा पार्ने गरी सामान्य कार्यक्रमलाई महत्व दिन थालेका हुन् ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र मात्रै नभएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा नयाँ शक्ति नेपालसमेत राष्ट्रिय समस्या समाधानभन्दा चुनावमा कसरी भोट तान्ने र जनताको मन कसरी जित्न सकिन्छ भन्ने उद्देश्यमा केन्द्रित भएको पाइएको छ ।  अाजको राजधानी दैनिकमा समाचार छ ।

सामान्य कार्यक्रमको उद्घाटन, सभासमारोह तथा रिबन काट्नेजस्ता कार्यक्रममा नजाने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल पछिल्लो पटक अत्यन्तै सामान्य कार्यक्रममा समेत सहभागी हुन थालेका छन् । प्रधानमन्त्री दाहाल शुक्रबार मात्रै रोल्पा महोत्सवको उद्घाटन गर्न लिवाङ र देवचुली फेस्टिबल उद्घाटन गर्न प्रगतिनगर नवलपरासी पुगेका थिए ।

प्रमुख प्रतिपक्षी दल एमालेको बिहीबार सम्पन्न पोलिटब्युरो बैठकमा संविधान कार्यान्वयन, निर्वाचन मिति घोषणाको माग गरे पनि मुख्य रूपमा आगामी निर्वाचनमा पार्टीको पोजिसन कस्तो रहला भन्ने विषयले प्राथमिकता पाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?