+
+

भारतीय रेलमन्त्रीले भने-नेपालले भारतबाट भुटानले जस्तै लाभ लिनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ८ गते १८:१३


८  फागुन, काठमाडौं । भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले पुर्वाधार निर्माणमा नेपालसँगै मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

‘हामी तीन महिनापछि फेरि छलफलमा बसौं, यस्तै सम्मेलन गर्नुपर्छ भन्ने छैन्, त्यो समय बसेर आयोजनाहरु कसरी अगाडि बढाउनेमा छलफल गरौं,’ भारतीय रेलमन्त्री प्रभुले हाल काठमाडौंमा चलिरहेको २ दिने लगानी सम्मेलनमा भने ।

भारतले नेपाललाई सडक र पुल निर्माणमा ३४ अर्ब रुपैयाँ (३४० लाख डलर) सहयोग गर्न लागेको पनि उनले जानकारी दिए । नेपालमा पूर्वाधार निर्माणमा लगानी नभएकै कारण यहाँ व्यवसायीहरु उत्पादन हुन नसकेको पनि धारणा राखे ।

उनले भारतमा पनि पहिले रेल बिकासको लागी पुँजी कसरी जुटाउने भन्ने चिन्ता रहेकोमा अहिले क्रमशः त्यसमा सफलता हात परेको बताए ।

‘म रेलमन्त्री भएपछि पनि रेलको लागि हामीले ६० अर्ब बजेट बढायौं, अब तीन वर्षमा रेल विकासका महत्वपूर्ण कामहरु हुनेछन्, यसले नेपाललाई पनि केही न केही लाभ पुग्ने छ,’ प्रभुले भने ।

भुटानमा उत्पादित सबै विद्युत् भारत एक्लैले खरिद गरेको कारण भुटान यो क्षेत्रमै प्रतिव्यक्ति आम्दानी उच्च भएको मुलुकमा पर्ने गरेको उदाहरण दिँदै रेलमन्त्री प्रभुले नेपालसँग पनि सँगै काम गर्न भारत तयार रहेको जानकारी दिए ।

‘हामी एक अर्काबीच लाभ बाँडफाँट हुने गरेरै काम गर्न तयार छौं, नेपालले कसरी अधिकत्तम लाभ लिन सक्छ भन्ने हाम्रो प्राथमिकतामा पर्ने छ,’ भारतीय रेलमन्त्री प्रभुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?